२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

फ्रन्टलाईनरलाई बुस्टर डोज दिइने


प्रकाशित: शनिवार, २४ पुस २०७८, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले अग्रपङिक्तमा काम गर्ने (फ्रन्टलाईनर) लाई पनि बुस्टर डोज दिने भएको छ । 


फ्रन्टलाईनर चिकित्कसक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई बुस्टर डोज आगामी माघको दोस्रो हप्ताबाट दिईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


त्यसैगरी, मन्त्रालयका अनुसार ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई पनि कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।


कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको साथै मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ । 


नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोभिड–१९ सङ्क्रमण ८.४९ प्रतिशतमा देखिएको छ । हिजो मात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा सङ्क्रमण देखिएको थियो ।


विहिवार मात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो । मन्त्रालयले राष्ट्रिय खोप अभियान दु्रत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ ।


अहिले सरकारसँग एक करोड दुई लाख मात्रा खोप रहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex