काठमाडौं । बतास समूहले बनाएको नारायणहिटी दरवार संग्राहलयमा बनाएको कफी सपको संरचना भत्काएको छ ।
शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी सप भत्काएको हो ।
पक्की संरचना बाहेकको संरचना भत्काएको समितिले जनाएको छ । बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्सापासबिनै बनाएको सो संरचनालाई भत्काएको हो ।
विहिवार दरवार संग्राहलयभित्र बनेको रेष्टुरेन्टको संरचनाबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ३ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति बनाएको छ ।
Categorized in सम्पदा/संस्कृति