१८ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं बाहिर नयाँ शहर बनाउन अर्थमन्त्री शर्माको सुझाव


प्रकाशित: विहिवार, २२ पुस २०७८, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको नयाँ ‘भर्सन’ बनाउनु पर्ने बताएका छन । 


विहिवार मन्त्री शर्माले लागनी बोर्डको बैठकमा विकास काठमाडौं केन्द्रित भएकाले अर्को शहरको आवश्यकता रहेको भनाई राखे । 


उनले अहिले काठमाडौं बाहिर कम्तीमा तीन वटा ठूला शहरको निर्माणको आवश्यकता रहेको बताए । नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौं भने विकासको अर्को नयाँ ढोका खुल्ने सुझाव दिए । 


पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाअघि सार्न लगानी बोर्डलाई आग्रह गरे । बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए । 


त्यसैगरी काठमाडौं–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बोर्ड समक्ष उनले भने । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD