काठमाडौं । सरकारले काठमाडौंको विभिन्न स्थानमा बिरोध प्रर्दशन गर्न नपाईने भन्दै निषेधित गरेपछि शनिबार बिवेकशिल साझा पार्टीले माईतीघर मण्डलामा विरोध प्रर्दशन गरेर निषेधित क्षेत्रको अवज्ञा गरेको छ ।
सरकारले विहिबार पत्रकार सम्मेल गरेर काठमाडौको माईतीघर मण्डलालाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ । विवेकशील साझा पार्टी विरोध प्रर्दशनमा उत्रेपछि संयोजक उज्ववल थापासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ ।
पार्टीका अर्का संयोजक रविन्द्र मिश्रले बिनाकारण शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकार कुन्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक भएको फेसबुकमा स्टाटस लेखि विरोध जनाएको छ ।
काठमाडौंको खुलामञ्च, लैनचौर समाज कल्याण परिषद अगाडि, सिफल चौर, पेप्सीकोला खेल मैदान, भुईंखेल चौर र तीनकुने चौरमा मात्र विरोध प्रदर्शन गर्न दिने सरकारको निर्णय छ ।
अनसन बस्नको लागि जुम्ला पुगेका वरिष्ठ चिकित्कसक गोबिन्द केसीलाई प्रहरीले निषेधित क्षेत्रको अवज्ञा गरेको भन्दै पक्रउ गरेको छ । कर्णाली विज्ञान स्वास्थ प्रतिष्ठानमा अनसन बसेका केसीलाई प्रहरीले पक्राउ गरेको हो । जुम्ला जिल्ला प्रशासन कार्यलयले सो क्षेत्र विरोध प्रदर्शनको लागि निषेधित गरेको क्षेत्र हो ।
Categorized in राष्ट्रिय