२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एकै दिन काठमाडौं महानगरको दुई स्थानमा जेष्ठ नागरिक पार्कको उद्धघाटन


प्रकाशित: मंगलवार, २० पुस २०७८, १५ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सोमवार महानगरको ३१ र वडा ४ मा जेष्ठ नागरिकका लागि पार्क तथा मिलन केन्द्रको उद्धघाटन गरिएको छ । 


महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा ३१ को प्रयाग मार्गमा ज्येष्ठ नागरिक विश्राम चौतारी (पार्क) उद्घाटन गरेका छन । ६० लाख रुपैयाँ लागतमा निर्माण भएको पार्क करीव २ रोपनी क्षेत्रफलमा छ । 


सो अवसरमा प्रमुख शाक्यले वृद्धाश्रमको साटो ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गर्ने नीति बनाएर आफूले काम गरिरहेका बताए । उनले भने,‘वृद्धाश्रमलाई प्रोत्साहन गर्नु भनेको परिवार अलग बनाउनु हो । बाआमालाई छोराछोरीले सम्मान नगर्ने अवस्था बनाउनु हो । हामी यस्तो चाहँदैनौँ । त्यसैले वृद्धाश्रमको साटो ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गर्ने नीति बनाएका हौँ । यहाँको पार्क उत्कृष्ट बनेको छ ।’


कार्यक्रममा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले जनताका सानासाना दुःख सुन्न सक्ने भएकोले तहगत सरकारहरुमा स्थानीय सरकार जनताको नजिक भएको धारणा राखिन । ‘जनताबाट प्राप्त भएको कर, जनताकै सुविधाका लागि खर्च गरेका छौँ । सहरी सेवा र सुविधा वितरणमा कुनै खालको समस्या नहोस् भन्ने कुरामा सचेत छौँ ।’ उपमेयर खड्गी श्रेष्ठले भन्नुभयो, ‘वडाले बनाएका योजनामा पैसा पुगेन भने केन्द्रबाट पठाउने प्रबन्ध मिलाउँछौँ ।’ उनले भनिन । 


वडाध्यक्ष नारायण भण्डारी, न्यायिक समितिका समेत सदस्य रहेका वडा सदस्य सरोज ढकाललगायतले पार्कको संरक्षण तथा निर्माणबारे विचार राखेका थिए । 


उद्घाटन अवसरमा प्रदेश सभा सदस्य गणेश दुलालको पनि उपस्थिती रहेको थियो । 


जेनिशादेवी कन्स्ट्रक्सनले निर्माण गरिएको पार्कभित्र रहको शौचालयको माथिल्लो २ वटा कोठा तिनकुने प्रहरीलाई प्रयोगको लागि दिएको छ । 

 


सोमवारनै काठमाडौँ महानगरको वडा ४ नयाँ कोलोनीमा पुस्तकालय र ज्येष्ठ नागरिक मिलन केन्द्र शुभारम्भ पनि गरिएको छ । 


संघीय संसद सदस्य एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा उद्घाटन उद्धघाटन गरिएको हो । 


एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले सार्वजनिक जग्गा संरक्षण गरेर त्यही ठाउँमा सार्वजनिक उपयोगमा आउने पुस्तकालय र ज्येष्ठ नागरिकहरु भेटघाट गर्ने ठाउँ बनाउनु महत्वका दृष्टिले ठूलो भएको उल्लेख गरे । 


सो अवसरमा प्रमुख शाक्यले शाक्यले, जनताले निर्वाचनमार्फत आफूलाई दिएको जिम्मेवारी इमान्दारपूर्वक पूरा गरिरहेको सुनाए ।  काठमाडौँलाई नयाँ सहर बनाउन सकिदैन जुन अवस्थामा छ, त्यसैलाई व्यवस्थापन गर्ने हो । यसलाई सन्तुलित बनाउन आफूहरुले चुनावमा जे गर्छौँ भनेका थियौँ । त्योभन्दा धेरै गरेको उल्लेख गरे । 


वडा ४ ले करीव ७२ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ । यसमा १४ वटा पार्क निर्माण भएका छन । वडाध्यक्ष मोहनबहादुर विष्टले सार्वजनिक जग्गा जोगाउन काम थाल्नेवित्तिकै मुद्दा खेप्नु पर्ने बाध्यता रहको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex