१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ओमिक्रोन फैलन नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन


प्रकाशित: आईतवार, १८ पुस २०७८, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । ओमिक्रोन नेपाल थप फैलिन नदिन स्वास्थ्य मन्त्रालयले जिल्ला, प्रदेश र स्थानीय तहलाई सावधानी अपनाउन निर्देशन दिएको छ ।


मन्त्रालयले कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो ।


जोखिमको क्षेत्रहरु पहिचान गरी परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरुको उचित व्यवस्थापन गर्न, सिमा नाकाहरुमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न तथा जनस्वास्थ्यको पूर्ण पालना गर्न मन्त्रालयले विज्ञप्ती जारी निर्देशन दिएको हो । 


साथै भाइरसका नयाँ नयाँ भेरिययन्टहरू आउँन सक्ने सम्भावना कायमै रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वजास्थ्य मापदण्डको पूर्णपालन गर्न तथा भीडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत सबैमा आग्रह गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex