२८ आश्विन २०८३, बुधबार
Header

कांग्रेस सभापति देउवाद्धारा १० जना केन्द्रीय सदस्य मनोनित


प्रकाशित: शनिवार, १७ पुस २०७८, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । 


शनिवार पार्टी कार्यलयका मुख्य सचिव कृष्ण पौडेलले जारी गरेका सुचना अनुसार रामचन्द्र पौडेल, सुजाता कोईराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । 


निधि र सिंह सभापातिका उम्मेदवार थिए । दोस्रो चरणको निर्वाचनमा दुबैले देउवालाई समर्थन गरेका थिए । गच्छदार र कोइराला उपसभापतिमा पराजित भएका हुन । 


कांग्रेसमा विधानका अनुसार सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान छ । महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन भने सभापतिका निकटम प्रतिस्पर्धी स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex