२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

किलागलस्थित देवघरको मूल ढोकाको पूजा


प्रकाशित: विहिवार, १५ पुस २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले किलागलमा रहेको देवघरको मूल ढोकाको पूजा गरेका छन । 


विहिवार प्रमुख शाक्यसहिहत उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठ, वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा सदस्यहरु, नाचका नायो, कजि र गुरुसहित गुठियारहरुले मुल ढोकाको पूजा गरे । 


देवघरको दि प्याखं (देवी नाच) द्यः छेँ (देवघर) को खरु पूजा (मूल ढोकाको पूजा) गरिएको हो । काठमाडौँ महानगरपालिका वडा १८ बिज्यापुननीमा देवघर रहेका छ । 


सो अवसरमा प्रमुख शाक्यले परम्परागत एवं तान्त्रिक नाच, बाद्यबादन, श्रृङ्गारजस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापले काठमाडौँका मूर्त सम्पदालाई जीवन्त बनाइ राखेको उल्लेख गरे । 


‘यी चालचलनविचको सम्वन्ध आपसमा जोडिएका छन । एकको अभावमा अर्को अधुरो हुन्छ । त्यसैले हामीले सम्पदासँग जोडिएका सबै पक्ष (मूर्त अमूर्त) जोगिने गरी पुननिर्माणका लागि राज्यकातर्फबाट लगानी गरिरहेका छौँ । हामीले बनाउँछौँ त्यसपछि संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित गुठियारलाई जिम्मा लगाउँछौँ ।’ शाक्यले भने । 


देवी नाच देवघरका गुठीयार नरेन्द्र महर्जनले कुमारीको प्रतीकका रुपमा राखिने मयुर झ्याल कुँद्न महानगरको दररेटअनुसार २० हजार रुपैयाँभन्दा बढी खर्च गर्न नपाईने तर बजारमा ८० हजार रुपैयाँभन्दा कममा काम गर्ने कालिगढ नपाईने समस्या रहेको प्रमुख शाक्यसँग पोखेका छन । 


देवघरका कजि नातिकाजी महर्जनले भवन निर्माण सम्पन्न भएपछि देवी नाचसँग सम्बन्धित सांस्कृतिक र सामाजिक काम गर्न धेरै सहज हुने धारणा राखेका थिए । 


भवन ७ तला हुने र भवन निर्माणका लागि ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महानगरले यसका लागि गएको बर्ष १ करोड रुपैयाँ र चालु आर्थिक बर्षका लागि १ करोड रुपैयाँ छुट््याएको छ । 


जसमध्ये २ किस्ताबाट १ करोड २८ लाख ५८ हजार रुपैयाँ प्राप्त भइसकेको निर्माण समितिका कोषाध्यक्ष राजा महर्जनले बताए । अहिलेसम्ममा २ करोड १५ लाख रुपैयाँबराबरको काम भएको छ ।


तस्वीरः चन्द्रमणी भट्टराई
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex