२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

तमु ल्होसार अवसरमा प्रधानमन्त्री देउवाको शुभकामना


प्रकाशित: विहिवार, १५ पुस २०७८, ०८ः४० बजे
- महानगरखबर

काठमाडौं । तमु ल्होसार पर्वका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन ।


प्रधानमन्त्री देउवाले विहिवार जारी गरेको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ ।


सन्देशमा भनिएको छ, ‘यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो ।’


गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा सरकारले विहिवार सार्वजनिक विदा समेत घोषणा गरेका छन । 


बिहीबार तमु जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो(वर्ष) को स्वागत गरी ल्होसार पर्व मनाउँदै छन । 


प्रधानमन्त्री देउवाले सन्देशमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षोल्लाहपूर्वक मनाउन आग्रह गरेका छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex