काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मतदाता नामावली सङ्कलनको समय बढाउन माग गरेको छ ।
सोमवार सभापति निलकाजी शाक्यको नेतृत्वको टोलीले अद्यावधिकको म्याद थप गर्न र यसलाई व्यवस्थित बनाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर सो मााग राखेको हो ।

अहिले महानगरपालिकाका मतदाताहरूको नामावली सङ्कलनको काम राष्ट्रिय सभागृहमा भइरहेको भएपनि उचित व्यवस्थापन नहुँदा सर्वसाधरण मार्कामा परेका देखिन्छ ।
मतदता नामावली टिपाउन आएका एक महिलाले एक पल्टमा १०० वटा फर्म वितरण गरेर बन्द गर्ने गरेको गुनासो राखेका थिए । आयोगले विहान १० बजेदेखि ४ बजेसम्म समय दिएपनि सो अनुसार फर्म भर्न नपाइएको बताएको छ ।
महानगर समितिले गरेको मागलाई निर्वाचन आयोगले निर्वाचनको मिति नतोकिएसम्म म्याद थप गर्ने प्रतिबद्धता जनाएको सभापति शाक्यले बताएका छन ।
Categorized in समाज