काठमाडौं । विदेश जानेहरुलाई कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाएको जनाएको छ ।
एक डोज मात्रै लगाए हुने जोनसन एण्ड जोसन खोप विदेश जाने सबैलाई दिने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।
खोप लगाउन जाँदा पास्पोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्ने छ ।
Categorized in स्वास्थ्य