काठमाडौँ । काठमाडौं महानगरपालिको सहयोगले काठमाडौंका परम्परागत बजाहरु संरक्षण भएको दफा गुरुहरुले बताएका छन ।
महानगरले २७ महानगर दिवसको अवसरमा शुक्रवार खुशिँबुमा आयोजित एक कार्यक्रममा ४५ जना दाफा गुरुहरुलाई सम्मान गरेको छ ।
उनीहरुलाई महानगर प्रमुख विद्यासुन्दर शाक्यले सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका थिए । सो अवसरमा सम्मानित हुने गुरुहरु ज्योती शाक्य र राजभाइ ज्यापूले महानगरबाट प्राप्त भएको सहयोगले परम्परागत बाजा संरक्षण, वादन प्रशिक्षणका कार्यक्रम बढ्दै धारणा राखेका थिए ।
कार्यक्रमर्ला सम्बोधन गर्दै प्रमुख शाक्यले महानगरभित्रका सामाजिक र सांस्कृतिक जीवनसँग सम्बन्धित मूर्त अमूर्त सम्पदाको संरक्षण र प्रवर्धनका लागि काठमाडौँ महानगरले राज्यकातर्फबाट लगानी गरिरहेको उल्लेख गरे ।
‘वर्तमान कुमारी, गणेश र भैरव, पूर्व कुमारी, गणेश र भैरवको मासिक भत्ता बढाएका छौँ । जो देवी देवताका रुपमा रहनुहुन्छ । उहाँहरुले अन्य पेशा गर्न नसक्ने भएपछि जीवन तथा घर व्यवहार चलाउन कठिन हुन्छ । यसले परम्पराप्रतिको आकर्षण घट्न सक्छ । यसप्रतिको आकर्षणलाई बचाउन हामीले परम्परागत संस्कारको निरन्तरताका लागि जसले पूरा समय दिनुहुन्छ, उहाँहरुका लागि भत्ताको व्यवस्था गरेका हौँ । परम्परागत बाजागाजाको संरक्षण र प्रशिक्षणका लागि यसबाट जात्रा, पर्व, संस्कार र संस्कृतिको निरन्तरतामा प्रोत्साहन हुनेछ ।’ शाक्यले भने ।
कार्यक्रममा वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जन सांस्कृतिक पहिचान जोगाउनुलाई हामीले प्राथमिक कामका रुपमा लिएका बताएका छन ।
काठमाडौँ महानगरभित्रका परम्परागत टोलहरुमा सामाजिक तथा सांस्कृतिक चालचलनको निरन्तरताका लागि एउटा सामाजिक संगठन बनाइएको हुन्छ । त्यहाँ नायो, कजी र गुरु अनिवार्य हुन्छन् । नायोले प्रशासनिक, कजीले व्यवस्थापकीय र गुरुले बाजागाजा सिकाउने काम गर्छन ।
तस्वीरः चन्द्रमणी भट्टराई
Categorized in सम्पदा/संस्कृति