६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ब्राइट बचतको भवन उद्घाटन


प्रकाशित: सोमवार, ५ पुष २०७८, १७ः०० बजे
- केडिआर

काठमाडौं । ब्राइट बचत तथा ऋण सहकारी संस्था लि. ले हालै बाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


बागबजार काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाका संचालक समितिको तर्फबाट अध्यक्ष रामइन्द्र न्यौपानेद्वारा प्रस्तुत आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन, लेखा सुपरीवेक्षण प्रतिवेदन, आ.व. २०७८/०७९ को कार्य योजना तथा बजेट सम्बन्ध, आगामी आ.व. को लागी लेखा परीक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण, संस्थाको कार्य क्षेत्र विस्तार सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन लगायत विषय उपर छलफल गरी आगामी आ.व. को लागी पारित गरेको छ ।


साधारण सभामा प्रस्तुत गरेको वासलात हिसाव अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ७ करोड ४० लाख ६२ हजार १ रुपैयाँ, जगेडा कोष ५ करोड ३३ लाख ५ हजार २ सय ४२ रुपैयाँ, संरक्षित पूँजी फिर्ता २८ लाख १६ हजार ५ सय ४३ रुपैयाँ, सहकारी प्रवद्र्धन १ लाख ३३ हजार ८ सय ९८ रुपैयाँ, अन्य कोष हिसाव ९ करोड ६५ लाख ३ हजार ९ सय ८० रुपैयाँ, कर्जा जोखिम व्यवस्था १ करोड ८१ लाख ६ हजार ५ सय ७५ रुपैयाँ, बाह्य ऋण ३ करोड ६९ लाख ९५ हजार ७ सय ९७ रुपैयाँ, बचत हिसाव ५१ करोड ३५ लाख ४७ हजार ९ सय ६१ रुपैयाँ, भुक्तानी दिनु पर्ने हिसाव १० लाख ७४ हजार ९ सय ८० रुपैयाँ, व्यवस्था १५ लाख ३१ हजार ९ सय ४७ रुपैयाँको भएको छ भने संस्थाको जम्मा कारोबार ७१ करोड १२ लाख २९ हजार २२ रुपैयाँको भएको छ ।

 

साथै साधारण सभाको अवसर पारी बागबजार स्थित संस्थाको आफ्नै भवन ब्राइट भवनको समेत समुद्घाटन गरिएको थियो ।

 

त्यसै गरी साधारण सभामा राष्ट्रलाई योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने रक्तदान दान लगायतको कार्यक्रम गरी साधारण सभा सम्पन्न भएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex