२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ज्यापु दिवसमा महानगर प्रमुख विद्यासुन्दर शाक्य सम्मानित


प्रकाशित: आईतवार, ४ पुष २०७८, १७ः२० बजे
- अजय खड्गी

काठमाडौं । १८ औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौं महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य सम्मानित भएको छ । 


आईतवार काठमाडौंको बसन्तुरमा आयोजित एक समारोहका विच शाक्यलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरेका थिए । 


ज्यापु संस्कृतिको संरक्षण काठमाडौं महानगरले पुराएको योगदानको कदर गर्दै प्रमुख शाक्यलाई सम्मान गरिएको ज्यापू संस्कृति विकास कोषले जनाएको छ ।


सो अवसरमा समाज विकासमा सहोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई ज्यापु रत्न, ज्यापु सरस्वती पदक, ज्यापु प्रतिभा सम्मान, ज्यापु विशेष सम्मान लागायत पदवीहरुले सम्मान गरिएको थियो । 


नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु आज मुलुकभर उल्लासका साथ मनाएको छ ।  हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्हिः मनाउँछन ।


यस अवसरमा प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन ।


काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको प्रतिवद्धता प्रम देउवाले गरे । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex