काठमाडौं । नेवाः समुदायले आईतवार काठमाडौं बसन्तपुरमा योःमरि पुन्हि र ज्यापु दिवस विभन्न सांस्कृतिक कार्यक्रमका साथ मनाईयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा योःमरिको प्रदर्शनसँगै ज्यापू संस्कृति, कलाको प्रस्तुतीका साथ मनाईएको हो ।
हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्हिः मनाउँछन । अजकै दिन ज्यापू दिवस पनि मनाईन्छ ।

नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापु संस्कृति हो ।
सरकारले ज्यापु दिवसलाई राष्ट्रिय दिवसको रुपमा मान्याता दिएको छ । यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा पनि दिने गरेको छ ।

तत्कालिन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाको सरकारले विक्रम संवत २०६१ सालमा राष्ट्रिय दिवसको मान्यता दिएको हो ।
सो कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठ सहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

ज्यापु संस्कृति विकास कोषको आयोजनामा हरेक बर्ष ज्यापु दिवस मनाईने गरिएको छ ।

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति