२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

समन्वयको अभावले केही सम्पदा पुननिर्माण गर्न सकेनौ– प्रमुख शाक्य


प्रकाशित: विहिवार, २९ मंसिर २०७८, २०ः५८ बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका केही सम्पदाहरु समन्वयको अभावले निर्माण गर्न नसकेको बताएका छन । 


२७ औं महानगर दिवशको अवसरमा प्रमुख शाक्यले अझै पनि महत्वपूर्ण सम्पदाहरु टेको लगाएको भरमा रहनु परेको बाध्यता सुनाए । 


प्रमुख शाक्यले भने, ‘अहिले हामीले सम्पदाका क्षेत्रहरु हेर्ने हो भने मुर्त सम्पदा, अमूर्त सम्पदामा धेरै कामहरु गरिसकेका छौ, यति हुँदा हुँदै पनि तपाईको अगाडी टेको लगाएको घर छ, उतातिर गयो टेको लगाएको घर छ, त्यहाँ पनि समन्वयको अभाव छ, पुननिर्माण प्राधिकरणले बनाउने हो कि, पुरातत्व विभागले बनाउने हो कि, या गुठीले बनाउने हो कि, या स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले बनाउने हो कि, या त यी सबै निकाहरुले हामीलाई जिम्मा दियो भने हामी बनाउन तयार छौ ।’


टेकोको भरमा रहेका यी सम्पदाहरु पुननिर्माण गर्न आर्थिकको समस्या हो भने महानगर आर्थिक लगानी गर्न तयार रहेको शाक्यले भने । असनमा झनै डर लाग्दो अवस्था टेको लगाएको सम्पदा छ । 


‘अझ यो भन्दा डर लाग्दो हामी असनमा जान सक्छौ, असनमा जाँदा हामी सबै अन्नपूर्ण मन्दिर ढोग्छौ, हामीले बर्षैदेखि पुरात्व विभाग र गुठी संस्थासँग समन्वय गरिरहेका छौ, कि तपाईहरु बनाउनुस् हामी सहयोग गर्छौ, कि हामी बनाउँछौ हामीलाई सहयोग गर्नुहोस, अझ पनि ति निकायहरुसँग समन्वय हुन सकिरहेको छैन ।’


प्रमुख शाक्यले असन जस्तो ठाँउमा घर भत्कियो भने के होला कल्पना पनि गर्न सकिन्न । भौतिक रुपमा क्षति भयो भने पुननिर्माण गर्न सक्छौ तर मानवीय क्षति भयो पुरा गर्न नसकिने चिन्ता व्यक्त गरेका छन । 


सो अवसरमा शाक्यले भृकुटीमण्डमा डिपिआर समेत तयार गरेर मेघा हल बनाउने महागरको प्रस्ताव, तिनकुनेमा निर्माण गरिने भनेको बुद्धपार्क स्थानीय जग्गा धनीलाई मुआव्जा नदिदा बन्न सकेन तथा मनोरेल चलाउने कुरा पनि चक्रपथको विस्तार नभएपछि त्यतिकै रहेको बताए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex