काठमाडौं । ललितपुर महानगरमा कोभिड–१९ विरुद्धको फाईजर खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ ।
मंगलवार २७ मंसिर देखि पुष ५ गतेसम्म खोप सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । महानगरले तोकेको केन्द्रमा गएर कात्तिक २८ गतेदेखि मंसिर ११ गतेसम्म फाइजर बायोनटेकको पहिलो डोज लगाएकाहरुले कार्ड लिएर खोप लगाउन सकिने छ ।
पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुले पाटन अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाउन सकिने छ ।
खोप लगाउने तालिका समय र स्थान
Categorized in स्वास्थ्य