२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

विश्वास नेपालद्धारा अन्तरक्रिया सम्पन्न


प्रकाशित: शुक्रबार, १५ असार २०७५, १७ः५३ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । विश्वास नेपालले आज काठमाडौको ठमेलमा सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा, स्थानीय जनप्रतिनिधिविच ‘मनोरञ्जन क्षेत्रमा श्रमिक महिलाको अवसथाबारे’ अन्तरक्रिया सम्पन्न गरेको छ ।

 
मनोरञ्जन क्षेत्र (रेष्टुरेन्ट, डान्स बार, दोहरीलगायत) क्षेत्रमा कार्यरत महिलाहरुको हक, अधिकारको आवाज उठाउँदै आएको विश्वास नेपालले नियमित कार्यक्रम अन्तर्गत ठमेल क्षेत्रका व्यवसायी, व्यवसायी, स्थानीय संघ, संस्था, प्रतिनिधि, सामुदायिक प्रहरी, स्थानीय प्रहरीको भेलामा सो अन्तरक्रिया गरेको विश्वास नेपालको परियोजनाको संयोजक कमला सापकोटाले जानकारी दिए ।

 
सो अन्तरक्रिया कार्यक्रममा परियोजना संयोजक सापकोटाले विश्वास नेपालको आवश्यकत्ता, मनोरेन्जन क्षेत्रमा गरेका कार्यहरु, महिला अधिकारका लागि उठाएका मुद्दाहरुका विषयमा प्रस्तुती दिएका थिए ।

 
त्यसैगरी कार्यक्रममा अथिति रहेका प्रहरी नायब निरिक्षक गौतम कुमार केसीले विश्वास नेपालले उठाएको विषयमा हातेमालो गरेर अघि बढ्ने प्रतिवद्दता जाहेर गरेका थिए ।

 
कार्यक्रममा सामुदायिक सेवा केन्द्र ठमेलका अध्यक्ष, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो भने सो कार्यक्रममा सहभागीहरुले मनोरञ्जन क्षेत्रमा देखिएका बिकृती र विसंगतिले समाजमा ल्याएका नाकारात्मक असर र यसको प्रभावहरुबारे बालेका थिए ।

 
सो कार्यक्रममा करिब २ सय जनाको सहभागिता रहेको थियो ।

 
कार्यक्रम विश्वस नेपालका कार्यकारी निर्देशक बालकुमारी आलेको विशेष आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । 


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika