१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

अर्थोदय बहुउद्देश्यीयमा पुनः अधिकारीको नेतृत्व


प्रकाशित: विहिवार, २३ मंसिर २०७८, १९ः०० बजे
- केडिआर

काठमाडौं । अर्थोदय बहुउद्देश्यीय सहकारी संस्था लि. को हालै सम्पन्न पाँचौ वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष पर्वत कुमार अधिकारीद्वारा प्रस्तुत आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, संस्थाको आ.व. २०७७/०७८ को आय व्याय एवं २०७८/०७९ को अनुमानित आय व्याय सम्बन्ध, आ.व. २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव, आगामी आ.व. को लागी लेखापरीक्षक नियुक्ती तथा पारीश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण, संस्थाको निर्णय अनुमोदन सम्बन्ध, निर्वाचन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्ध लगायत विषय उपर छलफल गरी आगामी आ.व. को लागी पारीत गरेको छ ।


साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाव अनुसार चालु आ.व. मा संस्थाको शेयरपूँजी १ करोड ३६ लाख ८४ हजार ३ सय रुपैयाँ, जगेडा कोष ५ लाख ३९ हजार ५ सय ५९ रुपैयाँ ३४ पैसा, अन्य कोष ११ लाख ७७ हजार ३ सय ९ रुपैयाँ ४८ पैसा, कर्जा जोखिम व्यवस्था २१ लाख २९ हजार ५ सय ६४ रुपैयाँ ३५ पैसा, व्याज मुल्तवी हिसाव २९ लाख २८ हजार ४ सय ५ रुपैयाँ ६ पैसा, निक्षेप रकम १४ करोड ५५ लाख ५९ हजार ५ सय २० रुपैयाँ ७८ पैसा, भुक्तानी बाँकी दायित्व ६९ लाख ३२ हजार ५ सय ६ रुपैयाँ ९ पैसा, कर्जा सापटी ४९ लाख ६८ हजार २ सय ४८ रुपैयाँ ९२ पैसाको भएको छ भने, संस्थाको जम्मा कारोबार १७ करोड ७९ लाख १९ हजार ४ सय १४ रुपैयाँ ३ पैसाको भएको छ । साथै साधारण सभाले पुनः पर्वत कुमार अधिकारीको नेतृत्वमा नयाँ संचालक समिति चयन गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex