१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ओमिक्रोनविरुद्ध अहिलेको खोप पनि प्रभावकारीः डब्लुएचओ


प्रकाशित: बुधवार, २२ मंसिर २०७८, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अधिकारीहरुले हाल कोभिडविरुद्ध प्रयोग भईरहको खोप ओमिक्रोनका लागि पनि प्रभावकारी हुने बताएका छन । 


डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले ओमिक्रोनको खोप छल्ने क्षमता अन्य भेरियन्टभन्दा राम्रो रहेकोबारे हालसम्म कुनै संकेत फेला नपरेको बताएका छन ।


‘हामीसँग गम्भीर संक्रमण र अस्पताल भर्ना हुनबाट बचाउँने अनि सबै भेरियन्टविरुद्ध काम गरिसकेका निकै प्रभावकारी खोप छन’ डा. रायनले भने, ‘नयाँ भेरियन्टको हकमा फरक अनुमान गर्नुपर्ने कुनै कारण छैन ।’


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीको पछिल्लो धारणा आएको हो । अनुसन्धानकर्ताले भने नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता कम हुन सक्ने बताइरहेकाका छन । 


ओमिक्रोनविरुद्ध फाइजर खोप के–कति प्रभावकारी छ भन्नेबारे केही दिनभित्रै तथ्याङ्क बाहिर आउने अपेक्षा गरिएको छ ।


मोडेर्ना, जोनसन एण्ड जोनसनसहितका अन्य कोभिड ओमिक्रोनविरुद्ध काम गर्ने वा नगर्ने भनेर हालसम्म महत्वपूर्ण तथ्य बाहिर आइसकेको छैन । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex