२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

नाडाका अध्यक्ष पदका उम्मेदवार काफ्लेद्धारा प्रतिवद्धता सार्वजनिक


प्रकाशित: आईतवार, २० मंसिर २०७८, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल अटो एशोसियन (नाडा)का अध्यक्ष पदका उम्मेदवार ध्रुव काफ्लले आफ्नो टिमको प्रतिवद्धता सार्वजनिक गरेका छन । 


शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर थापाले प्रदेश स्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निमार्ण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल प्रतिवद्धताहरु जनाएका छन । 


त्यसैगरी नाडाले आफ्नै भवनमा काम गर्ने वातावरण सृजना गर्न भवन निर्माणको लागि पहल कदमी चाल्ने, नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता घोषणा गरेका छन । 


सो अवसरमा नाडाका वर्तमान सदस्य तथा थापा प्यानेलबाट उम्मेदवारी दिएका कपिल शिवाकोटीले नयाँ निर्वाचनले सवल, सक्षम, र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर कामगर्न सक्ने व्यक्तिको खाँचो रहेको बताए । 


अध्यक्ष पदका उम्मेदवार ध्रुव थापाको प्यानलमा नाडाको वर्तमान कार्य समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन । 


थापाको प्यानलमा यमुना श्रेष्ठ , अमरज्योति रञ्जित, बि.एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल,  नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. कंसाकार, सञ्जयकुमार खेतान जस्ता लामो अनुभव भएका अटो व्यवसायीहरुलाई समेटेर समावेशी समूहको निर्माण गरेका छन ।  


‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex