काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) को ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
भर्चुअल माध्यमबाट भएको सभामा शुक्रबार बैंक सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभाले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश पारित गरेको छ ।
गत वर्ष बैंकले ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । बैंकले ३.५५ अर्ब रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको चुक्ता पुँजी १८।३० अर्ब रुपैयाँ पुगेको छ ।
हाल बैंकको ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरू रहेको छ ।
बैंक पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्डबाट सम्मानित भइसकेको छ ।
Categorized in बैंक