२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

थापाथलीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु


प्रकाशित: आईतवार, १९ मंसिर २०७८, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको थापाथलीमा आईतवार विहान भएको सडक दुर्घट्नमा स्कुटर चालकको मृत्यु भएको छ। 


थापाथलीबाट त्रिपुरेश्वर जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रे घर भई काठमाडौं सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।


उनको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । स्कुटरमा पछाडि सवार २२ वर्षीय आशिष हुमागाईको नर्भिक अस्पतालमै उपचार भइरहेको छ । 


ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex