काठमाडौं । रौतहट जिल्लाको सिमानजिक गएराती अपराधिक समुह र नेपाल प्रहरीविच गोली हानाहान हुँदा अपराधी समुहको एक जनाको निधन भएको प्रहरीले जनएको छ ।
स्थानीय राजदेवी नगरपालिका वडा नंं. ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको थियो ।
प्रहरीको गोली लागेर एकजना अन्दाजी २५ वर्षीय भारतीय अपराधीको मृत्युु भएको तर उनको मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले वताएको छ ।
घटनास्थलबाट प्रहरीले एकथान स्वचालित हतियार एसएमजी, चार थान गोली, म्यागजीन एक थान र पडकेको खोकासमेत बरामद गरेको प्रहरीले जनानकारी दिएको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तीनजना अपराधीलाई प्रहरीले चेकजाँच गर्न खोज्दा पछाडि बसेका अपराधीले अचानक एसएमजीबाट फायर खोलेको प्रहरी निरीक्षक मनोज यादवले बताएका छन् ।
दुुईजना अपराधी बाँधको बाटो हुँदै भारततर्फ भागेको यादवको भनाई छ ।
Categorized in समाज