१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौंका टोलटोलमा हिंसाका अवस्थाका बारेमा सचेतनामुलक कार्यक्रम गरिने


प्रकाशित: शुक्रवार, १० मंसीर २०७८, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको टोलटोलमा महिला हिंसाका अवस्थाबारे सचेतना मूलुक कार्यक्रम गर्नै भएको छ । 


विहिवार महानगरले अयोजना गरेको महिला हिंसाविरुद्धको १६ दिने अभियानलाई सम्बोधन गर्दै काठमाडौै महानगरका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले काठमाडौंका टोलटोलमा हिंसाका अवस्थाका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने बताएका छन । 
ज्ञवालीले भने, ‘तथ्यलाई हेरेर काठमाडौंलाई उपयुक्त हुने कार्यक्रम सञ्चालन महानगरको प्राथमिकतामा पर्नेछन ।’

 



सो अवसरमा ‘लैङ्गिकतामा आधारित हिंसा’ सम्बन्धि एक दिने अन्तरक्रियामा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आर्थिक उन्नति र शिक्षाको अवसरले महिलाहरुको सशक्तिकरण हुने र यस अवस्थामा हिंसाका घटना कम हुने उल्लेख गरिन ।


राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको उल्लेख गर्दै खड्गी श्रेष्ठले, हिंसामा महिला पुरुष कोही पनि पर्नु नहुने बताउँदै अहिलेसम्म पुरुषको दाँजोमा बढी महिलाहरु हिंसामा परेको उप्रमुख खड्गीले बताईन । 


कार्यक्रममा सामाजिक विकास समितिका सदस्य एवं वडा २ का अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो अनुभाव सुनाएका थिए । उनले भने, ‘उहादरणीय कामको पनि चर्चा गरौँ । उहाँले आफ्नै घरको प्रसङ्ग उठाउँदै भन्नुभयो, ‘मेरी आमा (सासु) ले मिर्गौला दिएर मेरी श्रीमति (बुहारी) लाई जीवन दिनुभएको छ । यसबेला राम्रा र असल अभ्यासको चर्चा गर्ने र कुरीति वा नराम्रा कामलाई सुधार गर्नतिर लाग्नुपर्छ ।’


सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारी, अधिवक्ता मीरा ढुङ्गाना लगायतले आ–आफ्नो महत्वपूर्ण विचार राखेका थिए । 


नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरी सम्बन्धि मूल्य मान्यता, गाली, बेइज्जती, छुवाछुत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रुण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । यसप्रकारका अपराध हुन नदिन नेपालको संविधानले बिभिन्न अधिकारको व्यवस्था गरेृको छ । महिलाको हक, शोषण विरुद्धको हक, छुवाछुत र भेदभाव विरुद्धको हक, समानताको हक, न्याय सम्बन्धि हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्य रुपमा लिन सकिन्छ ।


सन १९९१ देखि हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म बिभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन हुँदै आएको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो ।
यस बर्षको नारा ‘घरैबाट सुरु गरौँ, महिला हिँसा अन्त्य गरौँ’ रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex