काठमाडौं । मंसिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ ।
न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो ।
यस अघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।
Categorized in राष्ट्रिय