५ भाद्र २०८३, शुक्रबार
Header

महानगरको ७१ औं कार्यपालिका बैठकः  ‘पर्यटन प्रवर्धन कोष सञ्चालन, सोसियल संस्थाहरुलाई अनुदान दिने


प्रकाशित: विहिवार, ९ मंसीर २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७१ औं कार्यपालिका बैठक मंगलवार सम्पन्न भएको छ । 


बैठकले ‘पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । आर्थिक बर्ष ०७५/०७६ मा होटल व्यवसायीहरुले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको हो । 


त्यो बर्ष कोविडका कारण होटल व्यवसाय समस्या थियो । यसकारण महानगरले आर्थिक ऐनमार्फत उनीहरुलाई ६५ कर छुट दिएको थियो । बाँकी ३५ प्रतिशत दाखिला भएको करको ६५ प्रतिशत रकम कोषमा जम्मा हुनेछ ।


कोष सञ्चालनका लागि काठमाडौँ महानगरका प्रमुखको अध्यक्षतामा महानगरकातर्फबाट ५ जना र होटल संघ, नेपालका ४ जना गरी ९ जनाको निर्देशक समिति हुनेछ । 


वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ । कोषबाट पर्यटन क्षेत्रको प्रवर्धन हुने र व्यवसायीको सामुहिक हित हुने कार्यक्रम सञ्चालन गरिनेछन ।


बैठकले बैठकले डाउन सिन्ड्रोम समाज, अटिजम केयर सोसाइटी नेपाल, विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र नेपाल, र मस्तिष्क पक्षघात स्वाबलम्बन समूह नेपाल गरी ४ वटा संस्थाहरुलाई आर्थिक अनुदान गर्ने दिने निर्णय स्वीकृत गरेको छ । 


बैठकका अध्यक्ष शाक्यले भन्नुभयो, ‘करदाताले तिरेको कर, करदाताकै सेवाका लागि खर्च गर्ने नीतिअनुरुप कोष बनाएका हौँ । यसबाट करको दायरामा आउन बाँकी करदाताहरु पनि दायरामा आउनुहुन्छ र साझा हितको काममा लाग्नुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’


बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७ औं महानगर दिवस मुल समारोह समिति गठन गरेको छ । समितिको सदस्यहरुमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरु हुनुहुन्छ ।


त्यस्तै पुरस्कार छनौट र अन्य कार्यक्रमका लागि क्षेत्रगत उपसमितिहरु समेत गठन गरिएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex