१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौँ आउनेहरुलाई नाकामै खोप दिन्छौ– प्रमुख शाक्य


प्रकाशित: सोमवार, ६ मंसीर २०७८, २०ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं आउनेहरुलाई नाकामै खोप दिईने व्यवस्था गरिएको काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताएको छ । 


प्रमुख शाक्यले, ‘हामी काठमाडौँ महानगरबासीसँगै काठमाडौँ आउने जाने सबैको स्वास्थ्य सुरक्षामा जिम्मेवार छौँ । त्यसैले काठमाडौँ प्रवेश गर्ने १८ बर्ष उमेर समूहमाथिका सबै नागरिकलाई प्रवेश नाकामै खोप उपलब्ध गराउन लागेका हौँ ।’


‘संघीय नेपालको केन्द्रीय राजधानी सहर भएकोले हामीले काठमाडौँ महानगरबाहिरका नागरिकलाई पनि सेवा दिएका हौँ । देशका सबै नागरिक स्वस्थ्य भए भने काठमाडौँ पनि सुरक्षित हुन्छ । त्यसैले हामीले आफ्नो भौगोलिक र कार्य क्षेत्रबाहिर गएर पनि स्वास्थ्य क्षेत्रमा लगानी बढाएका छौँ ।’ शाक्यले भने । 


काठमाडौंको चार नाका कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्कमा कोविडविरुद्धको भ्याक्सिन केन्द्र स्थापना गरिएको  काठमाडौँ महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 


महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कार्यक्रम चलाएको हो । यो मंसिर ५ गतेबाट सुरु भएको कार्यक्रम पुस ५ गतेसम्म चल्नेछ ।


काठमाडौँ प्रवेश गर्ने १८ बर्ष उमेर पूरा भएका नागरिकलाई उमेर खुलेको प्रमाण कागजका आधारमा खोप दिइनेछ ।


आवश्यक पर्नेलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरेका छौँ, प्रमुख शाक्यको भनाइ छ ।


महानगरको स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड÷एक्ट्राजेनिका खोप दिईने छ । खोप लगाउन  उमेर खुल्ने सरकारी कागज भए खोप दिईने विभाग प्रमुख कुँवरले बताए ।


महानगरका सवै (३२ वटै) वडाहरुबाट मंसिर ७ र ८ गते कोविडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।  यसमा १८ बर्ष उमेर समूह माथिका यस खोप लगाउन छुटेका सवै नागरिक र यस अघि पहिलो मात्रा लगाएर ८ हप्ताको समय कटिसकेकाहरुलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ । यसमा भेरोसेल, कोभिसिल्ड÷एक्स्ट्राजेनिका खोप उपलब्ध हुनेछन ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex