६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

स्वयम्भूमा ज्ञानमाला भजन घरको उद्घाटन, राजनीतिक परिवर्तन र स्थानीय भाषामा योगदानः प्रमुख शाक्य


प्रकाशित: आईतवार, ५ मंसिर २०७८, १६ः०० बजे
- अजय खड्गी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार ज्ञानमाला भजन घरको उद्घाटन गरेकी छिन । 


स्वयम्भू चैत्य परिसरमा रहेको भजन घरको ०७२ को भूकम्पबाट जीर्ण घरमा ०७६ सालमा आगलागी भएपछि यसको पुननिर्माण गरिएको हो । 


राष्ट्रपति भण्डारीले एक कार्यक्रमविच भजन घरको उद्धघाटन गर्दै मौलिकतालाई बचाए मात्र पहिचान जोगिने बताएकी छिन । 


वि. सं. १९९४ साल ने. पं. १०५७ देखि नियमित भजन हुँदै आएको यस घरले पुर्णता पाएपछि खलका स्थानीयहरुले खुसी व्यक्त गरेका छन । 


सो अवसरमा काठमाडौं महानगर प्रमुख विद्यासुन्द्यर शाक्यले भजन खलको योगदान बारे चर्चा गरेका थिए । उनले खलले राजनीतिक परिवर्तन र स्थानीय भाषाको प्रवर्धनमा योगदान गरेको बताए । 


प्रमुख शाक्यले भने,‘कुनै बेला नेपाल भाषामा भजन गाउँदा, शासकले नबुझेको भनेर भजन गाउनेलाई पक्राउ गरेको प्रसङ्ग जोड्दै प्रमुख शाक्यले, खलले राजनीतिक परिवर्तन र स्थानीय भाषाको प्रवर्धनमा योगदान गरेको थियो ।’


व्यक्तिलाई परिवर्तनप्रति सजग गराएसँगै बुद्धवाणीलाई भजनमार्फत जनमानसमा जीवित बनाउने खलको कामको पनि शाक्यले प्रशंशा गरेका थिए । 


काठमाडौं महानगरले भजन खललाई गत साउन ९ गते भजनको अक्षय कोषका लागि २० लाख रुपैयाँ प्रदान गरेको छ । कोषको रकमबाट प्राप्त हुने व्याजबाट धार्मिक तथा सामाजिक काम गर्ने, भजन घरलाई आवश्यक पर्ने बाद्य सामग्री खरिद गर्ने, भजनमा आउने भक्तलाई जलपान गराउनेलगायत काम हुनेछन ।


बाहिरबाट हेर्दा २ तला देखिने घर भित्रबाट ५ तलाको छ । यसको पुननिर्माणका लागि करीब २ करोड रुपैयाँ खर्च भएको छ ।


भजन घरलाई व्यवस्थित गर्न काठमाडौँ महानगरपालिकालाई अभिभावकीय भूमिकामा पाएपछि आफूहरु समस्यामुक्त भएको खलका अध्यक्ष तीर्थनारायण महर्जनले धारणा राखे भने उपाध्यक्ष पूर्णकाजी ज्यापूले खुशी व्यक्त गरे । 


भजन घर स्वयम्भू स्तुपसँगै छ । पाका मानिसहरुलाई उकालो चढेर यहाँसम्म पुग्न नसक्ने भएपछि यस्ता जेष्ठ नागरिकलाई भुइँखेलमा भजन सुन्ने र हेर्ने व्यवस्थाका काम गर्नुपर्ने खलका अधिकारीहरुको भनाइ छ ।


कार्यक्रम भजन घर निर्माण गर्न सहयोग गर्ने महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, पूर्वमन्त्री तीर्थराम डंगोल, पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाल, खलका पदाधिकारीसहितका व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।


तस्वीरः चन्द्रमणी भट्टराई
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika