काठमाडौं । माइतीघरमा शक्रवार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घट्नमा मोटरसाकलमा पछाडी सवार काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहान साढे २ बजे सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल अनयन्त्रित भई दुघर्टना भएको प्रहरीको भनाई छ ।
मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज