काठमाडौं । ललितपुर महानगर क्षेत्रभित्र विभिन्न किसिमको ब्यानर, पोस्टर, पम्प्लेट टाँस्नेहरुलाई कार्वाही सुरु गरेकोछ ।
महानगरले शहरी सुन्दरता बिगार्ने गरी कुनै पनि प्रचारत्मक पोष्टर, व्यानरहरु राख्न निषेध गरेपनि अटेर गर्नेहरु ३ दर्जनबढिबाट जारिवाना असुल उपर गरेको छ ।
कारबाहीबाट हालसम्म १ लाख भन्दा बढी रकम जरीवाना असुल गरिएको महानगरले बताएको छ । महानगरभित्र शिक्षण संस्था, सहकारी, इन्स्टिच्युट, कुकुर हराएको सूचना, सीपमूलक तथा व्यावसायिक तालीम दिने संस्था र वैदेशिक अध्ययनमा पठाउने संस्थाले यसप्रकारको प्रचार सामग्री वितरण गर्ने गरेको पाइएको छ ।
महानगरले यस्तो कार्य गर्नेबाट ५ हजारदेखि देखि १० हजारसम्म असुल गर्ने गरेको छ । महानगरले सूचना निकालेर कारबाही गर्न थालेपछि पछिल्लो समय पोष्टर पम्प्लेट टास्ने क्रम कम भएको महानगरपालिकाले जनाएको छ।
Categorized in समाज