काठमाडौँ । सरकारका मन्त्रीपरिषद्ले विभिन्न समयमा गर्ने निर्णयह? कार्यन्वयन भए नभएको हेर्ने शाखा गठन भएको छ ।
मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखाअन्तर्गत ‘मन्त्रिपरिषद् निर्णय कार्यान्वयन अनुगमन शाखा’ गठन गरिएको हो ।
शाखाले मन्त्रिपरिषद् निर्णयह? कार्यन्वयनको लागि सम्बिन्धीत मन्त्रालयाह?लाई अपटेड रहन सहयोग गर्ने छ ।
सो शाखाको जिम्मेवारी उपसचिव बुद्धबहादुर गु?ङले पाएका छन् । शाखाले गत फागुन ३ पछिका निर्णयको अवस्थाबारे सबै मन्त्रालयसँग ‘अपडेट’ माग गरिएको छ ।
शाखा गठनसँगै केपी ओली नेतृत्वको सरकारले फागुन ३ पछि गरेका मन्त्रिपरिषद् निर्णय कार्यान्वयनबारे सरोकारवाला मन्त्रालयले पछिल्लो अवस्थाबारे लिखित जानकारी गराएका छन् ।
Categorized in राष्ट्रिय