२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले नेपाल भाषा अध्यापनको लागी आर आर क्यापसलाई १५ लाख उपलब्ध गराउने


प्रकाशित: मंगलवार, १६ कातिक २०७८, २०ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरले नेपाल भाषा अध्यापनको लागि रत्नराज्यलक्ष्मी क्याम्पसलाई बार्षिक १५ लाख उपलब्ध गराउने भएको छ । 


मंगलवार महानगरको ७० औँ कार्यपालिका बैठकले सो निर्णय गरेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन ।

 
स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन महानगरले सो रकम सहयोग गराउने भएको हो । महानगरले उपलब्ध गराउने रकममा नपुग खर्च क्याम्पसको आन्तरिक स्रोत तथा विद्यार्थीहरुबाट संकलन हुने शुल्कबाट व्यहोरिनेछ ।


त्यसैगरी बैठकले वडा ११ को कार्यालय सञ्चालनका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।


बैठकमा कार्यपालिका सदस्यहरु मचाराजा महर्जन, शुद्धकुमार डंगोल, दलबहादुर कार्की, नविन मानन्धर, हीरादेवी पोखरेललगायत कार्यपालिका सदस्यहरु विविध विषयमा महानगरले व्यवस्थापन गर्नुपर्ने आवश्यक देखिएका कार्यक्रमका बारेमा धारणा राखेका थिए । 


सम्पदामैत्री भवन निर्माणका लागि स्वीकृत मापदण्ड कार्यान्वयन, पानी नआउने धाराका महसुल छुटका लागि महानगरले गरेका प्रयास, नेपाल विद्युत प्राधिकरणलगायत सडक खन्ने निकायसँग विकास समन्वय, डेङ्गु नियन्त्रणका प्रयास, महानगर क्षेत्रभित्रबाट कवाडी विस्थापन गर्ने नीति कार्यान्वयनको अवस्थालगायत विषयमा आ–आफ्ना विचार राखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex