१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

फुटपाथ पसलका सामानहरु महानगरले धमाधम जफत गर्न थाल्यो 


प्रकाशित: बिहिबार, १४ असार २०७५, २१ः०४ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । फुटपाथ हटाउने अभियानमा कडा रुपमा लागेको काठमाडौँ महानगरपालिकाले फुटपाथ पसल राखी यात्रुहरुको आवगनमनमा बाधा पुराउने पसलका सामानहरु धमाधम जफत गर्न थालेको छ । 


सडक पेटीमा पसल राख्नेहरुमाथि निगरानी बढाएपछि महानगरपालिकाले जेठको पहिलो सातादेखि हालसम्म सडक पेटीमा पसल राख्ने करीब ५५० जनाको सामग्री जफत गरिसकेको जनाएको छ । 


नगरप्रहरीले जफत गरिएका सामग्री लिलाम प्रक्रिया लगिने छ । कोटेश्वर, चावहिल, रत्नपार्क, कालीमाटी, बल्खु, स्वयम्भू कलङ्कीलगायतका स्थानबाट ती सामग्री जफत गरिएको हो ।

 
कामपाले गत जेठको पहिलो साता यात्रु हिड्ने सडक छेउमा सामग्री राखी बिक्री वितरण नगर्न सम्बन्धमा सूचना सार्वजनिक गरेपनि फुटपाथव्यापारीले अटेर गरेपछि यस्तो अभियान शुरु गरेको कामपा नगर प्रहरी महाशाखाका प्रमुख विष्णुप्रसाद जोशीले बताए ।

 
गत जेठ ६ गतेदेखि थालनी गरेको सो अभियानअन्तर्गत २७८ जनालाई सामानसहित पक्राउ गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex