काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरु स्थानीय तहको निर्वाचन आगामी चैत्र ५ गते भित्र गरिसक्नु पर्ने बताएका छन ।
आयोगका पदाधिकारीहरुले सोमवार प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्रीहरुको सँगको छलफलमा सो कुरा बताएका हुन ।
‘स्थानीय तहको निर्वाचन चैत ५ गतेभित्र गरिसक्नुपर्छ । संकटकाल बाहेकको अवस्थामा म्याद थप्ने व्यवस्था पनि छैन । स्थानीय तह पदाधिकारीविहीन राख्न पनि मिल्दैन,’ आयोगका एक पदाधिकारीले भने, ‘हामी देशभर एकै चरणमा, एकै पटक स्थानीय तहको निर्वाचन गर्न तयार छौं भनेका छौं ।’
आयोग पदाधिकारीहरुले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन देशभर एकै पटक गर्न सकिने बताएका छन ।
प्रदेशसभा र प्रतिनिधिसभाको अवधि भने १४ महिना बाँकी छ । त्यसैले पहिला स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने आयोग पदाधिकारीहरुको जोड थियो ।
Categorized in स्थानिय