काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई सरकारले जनही ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरु उक्त रकम र प्रशिक्षकहरुलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेको नेपाल भारतसँग ३–० ले पराजित भएको नेपाल उपविजेतामा सिमित हुन पुग्यो ।
नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।
Categorized in मनोरन्जन