काठमाडौं ।प्रहरीले काठमाडौको सुन्धाराबाट लागु औषधसहित दिलावर खान पक्राउ परेको छ ।
प्रहरीले बीरगंज महानगरपालिका–४ बिर्ता घर भएका २९ बर्षीय खानलाई लागूऔषध बुप्रेनर्फिन ४ सय एम्पुल, डाईजेपाम ५ सय १५ एम्पुल र फेनारगन ५ सय १८ एम्पुल सहित लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज