काठमाडौं । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र बागबजारले बिजया दशैं, तिहार, नेपाल संवत ११४२ तथा छठपर्वको उपलक्ष्यमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमवार आयोजित चियापान तथा शुभकामना कार्यक्रममा समुदाय र प्रहरीविच शुभकामना आदान प्रदान तथ चियाँ कार्यक्रम सम्पन्न गरिएको छ ।
कोरोना जोखिमलाई ध्यानमा राख्दै सिमित संख्यामा आयोजित कार्यक्रममा प्रमुख अतिथी रहेका महानगरीय प्रहरी बृतका डिएसपी भरत श्रेष्ठले सामुदायिकको कार्यको प्रशंसा गर्दै दशैंको सुरक्षा व्यवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा सेवा केन्द्रका सह–कोषाध्यक्ष सुरेन्द्र खड्गी, सदस्य राधेश्याम तण्डुकार लगायतले स्थानीय समस्याहरु प्रहरी समक्ष राखेका थिए ।
सो अवसरमा सेवा केन्द्रका प्रमुख सल्लाहकार मोहम्मद निजामुद्धिन, सल्लाहाकार मधुसुधन तण्डुकार, सल्लाहकार याम श्रेष्ठले दशैंको शुभकामना व्यक्त गरेका थिए ।
सेवा केन्द्रका सल्लाहाकार रामचन्द्र साहले प्रमुख अथिति डिएसपी श्रेष्ठ र सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गीलाई उपहार प्रदान गरेका थिए । त्यसैगरी डिएसपी श्रेष्ठलाई नेपालको नक्सा अंकित फ्रेम पनि प्रदान गरिएको थियो ।
कार्यक्रमका सभापति तथा सेवा केन्द्रका अध्यक्ष खड्गीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुका साथै सेवा केन्द्रले गरेका सामाजिक कार्यहरुका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रम सेवा केन्द्रका महासचिव कमरुद्धिन मियाँले सञ्चालन गरेका थिए भने अतिथीहरुलाई सेवा केन्द्रका सचिव निसा अली खान र उपाध्यक्ष मिना साहले खादा ओढाई दिएका थिए ।
कार्यक्रममा सेवा केन्द्रका हवलल्दार हर्कराज जोशी लगायत महिला प्रहरी तथा प्रहरी जवानहरुको सभागिता रहेका थिए ।
Categorized in समाज