१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

गोर्खा फाईनान्स लिमिटेडको २६ औं बार्षिक साधारणसभा सम्पन्न 


प्रकाशित: शनिवार, २३ असोज २०७८, २०ः०० बजे
- केडिआर

काठमाडौं । गोर्खा फाईनान्स लिमिटेडको शनिवार २६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । 


काठमाडौंमा सम्पन्न सभामा संस्थाको आ.व. २०७६ अषाढ मसान्त र ०७७ अषाढ मसान्तको लेखा परीक्षण प्रतिवेदन, आर्थिक प्रतिवेदन, आ.व. २०७६/०७७  संचालक समितिका प्रतिवेदन, संस्थापकबाट ३ जना र  सेयरधनीबाट ३ गरी ६ जना संचालक समितिको चयन गर्ने विषय प्रस्ताव अनुमोदन गरियो । 


आ.व. २०७७/०७८ को लेखा परीक्षण नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने, संस्थाको प्रबन्ध पत्र, नियमावली सम्बन्धमा नियमकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिने विषयमा छलफल भएको थियो ।

 
सभाले सञ्चालकबाट प्रेमबहादुर खापुङ, डेविन्द्र कुमार राई, कर्ण बहादुर राई र सर्वसाधारणबाट रेसु अग्रवाल (महिला), नरेन्द्र कुमार अग्रवाल, गौरब बुढाथोकी संस्थाको सञ्चालक समितिमा चयन भएका छन । 


अध्यक्षको चयन भने निकट भविष्यमा हुने संस्थाले जनाएको छ । 


संस्थाको शेयर पूँजी २०७६ चैत्र मसान्तमा ८६७९९४(रु हजारमा), २०७७ चैत्र मसान्तमा सोही रकम, कुल सम्पन्ती २०७६ चैत्र मसन्तमा ८५८६,१५१(रु हजार)मा, २०७७ चैत्र मसान्तमा ९७४२,७६३(रु हजारमा), कुल कर्जा सापट २०७६ चैत्र मसान्त ५६८१,००३(हजार)मा, २०७७  चैत्र मसान्त ६२१०,०९७(हजारमा) र कुल लगानी २०७६ चैत्र मसान्तमा ३०८,५६२(हजार), २०७७ चैत्र मसान्तमा ११३०,८३०(हजारमा) रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex