काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सकिने ठाउँमा पुगेको बताएका छन ।
आईतवार काठमाडौंको रामहिटीमा महानगरपालिकाको सहयोगमा निर्माण हुन लागेको साहित्यकारका लागि अवासिय भवन शिलान्यसको क्रममा सो कुरा बताएका हुन ।
शाक्यले भने,‘ काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सकिने ठाउँमा पुगेको बताउनुभयो । ‘हामी स्थानीय निर्वाचनको दौरानमा हिँड्दा बेलुका कपडा हेर्नै नहुने गरी मैला भएको हुन्थ्यो । ननुहाई हुँदै हुँदैनथ्यो । अहिले त्यो अवस्था छैन । कोविडको महामारीमा हामीले धेरै समय त्यत्तिकै खर्च गर्नु प¥यो । नत्र काठमाडौँ अर्कै भइसक्ने थियो ।’
सो अवसरमा मूर्त अमूर्त सम्पदाको ममर्त सम्भार र जीर्णोद्धार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप लगानी हुँदै गरेकाले काठमाडौँ बस्न र हेर्न लायक सहर बन्दै गएको प्रमुख शाक्यले दावी समेत गरे ।
महानगरपालिकाको वडा ६ स्थित सहित्य सदन नेपालको परिसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गरेका छन ।
महानगरका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भूमिगतसहित भवन ५ तलाको हुनेछ । २ रोपनी ११ आनामध्येको पश्चिमतर्फ भवन निर्माण हुनेछ । भवनको भूमिगत तला पार्किङ्का लागि प्रयोग गरिनेछ ।
्जमिन र पहिलो तला कार्यालय प्रयोजनका लागि प्रयाग गरिनेछ । दोस्रो र तेस्रो तलामा अतिथि आवास गृहका रुपमा सञ्चालन हुनेछ । त्यस्तै ८० जनासम्म अट्ने क्षमताको बैठक कक्ष पनि हुनेछ ।
भवन जम्मा ९ हजार ९७६ दशमलव ९१ वर्गफुटको हुनेछ । भवनमा ६ जना अट्ने लिफ्ट जडान हुनेछ । भवन अपाङ्गतामैत्री र जेष्ठनागरिक मैत्री हुनेछ ।
आउँदा बर्षको भदौ मसान्तभित्र ९१२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको भवनको सम्झौता रकम भ्याटसहित ४ करोड ३ लाख ५८ हजार ९९४ रुपैयाँ रहेको छ । यसको निर्माण सुनकोशी प्रजिल जे. भी. ले गर्दैछ ।
सो अवसरमा संघीय संसद सदस्य कृष्ण राई, वडा ६ का अध्यक्ष दीपेन्द्र लामा, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, सदनका उपाध्यक्ष प्रा. डा. हेमनाथ पौडेल निर्माण हुन लागेको भवनको विषयमा बोलेका थिए ।
Categorized in स्थानिय