१८ बैशाख २०८१, मंगलबार
Header

काठमाडौमा कांग्रेस महानगरको मतगणना सुरु, यी पालिकाहरुको परिणाम सार्वजनिक 


प्रकाशित: आईतवार, १७ असोज २०७८, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरसमितिको सभापतिको लागि आज मतगणना सुरु भएको छ । 


आईतववार भएको निर्वाचनमा १३३९ मत खसेको निर्वाचन समितिले जनाएको छ । सभापतिको लागि प्रगतिमान रञ्जित र नीलकाजी शाक्य प्रतिस्पर्धामा छन । 


शनिवार सम्पन्न नेपाली कांग्रेसको काठमाडौ जिल्लाको नगर अधिवेशनको परिणामहरु सार्वजनिक हुन थालेको छ । 


११ पालिका रहेको काठमाडौंमा काठमाडौं महानगरसहित १० नगरपालिका कांग्रेसको नगर अधिवेशन कांग्रेसले जनाएको छ । 


बुढानीलकण्ठ नगर समितिको सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन । निर्वाचनमा बुढाथोकी एक सय ५५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ मत पाए । 


सभापति पदका अर्का उम्मेदवार राजुविक्रम थापाले ४८ मत पाएको निर्वाचन समितिले जनाएको छ । उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन ।


कागेश्वरी–मनहराको नगर अधिवेशनबाट उद्धव दाहाल सभापतिमा निर्वाचित भएका छन । सभापति पदका प्रत्यासी मिठ्ठाराम दाहालले एक सय ३८ मत पाए । 


तारकेश्वरको नगर सभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन । महर्जनले एक सय ३५ मत प्राप्त गरी विजयी भए प्रत्यासी उम्मेदवार श्रीराम थापाले एक सय १४ मत ल्याए । सभापतिका अर्का उम्मेदवार मुकुन्द तिमिल्सिनाले जम्मा २ मत पाए । 


यस्तै उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन । सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी भएका छन भने सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।


शंखरापुर नगरपालिकाको कांग्रेस सभापतिमा दीलिपकुमार श्रेष्ठ निर्वाचित भएका छने प्रत्यासी उम्मेदार सत्यमान लामा पराजित भएका छन । उपसभापतिमा मिलन खड्का र अमित प्रधान विजयी भए भने सचिवमा रनबहादुर तामाङ र स्वयम्भूलाल श्रेष्ठ विजयी भएको निर्वाचन समितिले जनाएको छ । 


त्यसैगरी टोखा नगरपालिकाको नगर सभापतिमा ओमकृष्ण विमली निर्वाचित भएका छन । विमलीले एक सय १७ मत प्राप्त गरेर विजय भए ।   नगर कार्यसमितिको उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी निर्वाचित भएका छन भने सचिवमा नरेन्द्र बाँनिया र द्वारीका कुँइकेल विजयी भएका छन ।


गोकर्णेश्वरमा कुमार लामाले एक सय नौ मत प्राप्त गरेर नगर सभापतिमा विजयी भएका छन । उनका प्रतिस्पर्धी रामजी श्रेष्ठले ९३ मत प्राप्त गरेका थिए । 


उपसभापतिमा विकास श्रेष्ठ र बटुकृष्ण ढुंगेल निर्वाचित भएका छन भने सचिवमा जयराम विष्ट र रमेश रिजाल विजयी भएका छन । सहसचिवमा अशोक नेपाल र गोकुल सिम्खडा निर्वाचित भएका छन ।


नागार्जुन नगरअधिवशेनबाट नगर कार्यसमितिको सभापतिमा दुर्गा गौतम विजयी भएका छन । उनले प्रत्यासी उम्मेदवार अच्यूत पाण्डेलाई पराजित गरेका हुन ।


दक्षिणकाली नगरपालिकाको एउटा वडामा अधिवेशन नभएकाले नगर अधिवेशन हुन सकेन  


काठमाडौंमा संस्थापन भनेर चिनिने प्रकाशमान सिंह र अर्का नेता गगनकुमार थापाको एउटा समूह छ भने पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँमा देखिएका छन । 


तस्वीरः राजीव श्रेष्ठको फेसबुकबाट 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD