१८ बैशाख २०८१, मंगलबार
Header

पूर्णिमा श्रेष्ठले गरिन विश्वको सातौ अग्लो शिखर धवलागिरि हिमालको सफल आरोहण 


प्रकाशित: शुक्रवार, १५ असोज २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । विश्वको सातौ अग्लो हिमाल शिखर धवलागिरिको नेपाली महिला पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी छिन । 


आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका हुन । 


श्रेष्ठले यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन । 


सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले शुक्रवार बिहान ५ बजे धवलागिरिको सफल आरोहण गरेको बताए ।


कारोवार आर्थिक दैनिककी पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि वैशाख ३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD