काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिवार सर्वदलीय बैठक बोलाएका छन ।
संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
२३ भदौमा शुरु भएको संसदको चालु अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गर्दै आएको छ ।
कांग्रेसको नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन भने एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षमा छन ।
Categorized in राष्ट्रिय