१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

पाँच तारा सहकारीको १४ औ बार्षिक साधारणसभा सम्पन्न


प्रकाशित: मंगलवार, ५ असोज २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले संस्थाको १४ औं बार्षिक  साधारणसभा सम्पन्न गरेको छ । 


शनिवार सहकारीले सिनामंगलस्थित आफ्नै सभाहलमा साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालकको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन तथा चालु आ.ब. को कार्यक्रममाथि छलफल गरी अनुमोदन गरेको छ ।


सभाले लेखा परीक्षको प्रतिवेदन आ.ब. २०७७/०७८ को वितिय विवरण, लेखा सुपरीवेक्षण समिति तथा कोषाध्यक्षको प्रतिवेदन, आ.व. २०७७/०७८ मा सञ्चालक समितिबाट गरिएको कार्यहरुको अनुमोदन गरेको छ ।

 
त्यसैगरी आ.व. २०७७/०७८ को नाफाबाट वितरण गरिने लाभांश तथा पूँजी फिर्ता सम्बन्धमा छलफल, आ.व. ०७८/०७९ का लागि लेखा परीक्षक तथा पारिश्रमिक सम्बन्धमा, निर्णय पुस्तिकामा संचालक तथा साधारण शेयर सदस्यको तर्फबाट हस्ताक्षर गर्ने व्यक्तिको चयन, विनिमय संसोधन, संस्था एकिकरणका लािग सञ्चालक समितिलाई अधिकार प्रत्योयोजन गर्ने सम्बन्धमा छलफल भएको थियो । 


सभाको संस्थाको स्थिती विवरण प्रस्तुत गरिएको थियो । विवरण अनुसार शेयर पूँजी ६ करोड ७३ लाख ३ हजार रहेको छ भने साधारण जगेडा कोष ४ करोड २९ लाख ५४ हजार ४५  रुपियाँ १५ पैसा रहेको छ । 


त्यसैगरी २ करोड ५३ लाख ८६ हजार ५१ रुपियाँ ९२ पैसा, संस्था विकास कोष १ करोड ४३ लाख ९५ हजार ५५७ रुपियाँ  ६५ पैसा, पुरस्कार तथा सम्मान कोष १२ लाख ७८ हजार १०१ रुपियाँ ७० पैसा, ऋण नोक्सानी कोष २ करोड ५८ लाख २ हजार २७९ रुपियाँ ३० पैसा तथा प्राकिृत विपत्ती कोष १३ लाख ६४ हजार ९०३ रुपियाँ ५१ पैसा रहेको छ । 


संस्थाको दायित्व अन्तर्गत ४८ करोड ७२ लाख २ हजार ६५० रुपियाँ २३ पैसा र अन्य दायित्व १ करोड ४३ लाख ६८ हजार ३६२ रुपियाँ ४८ पैसा गरी संस्थाको जम्मा पुँजी र दायित्व ६७ करोड २१ लाख ४ हजार ९५१ रुपियाँ ९५ पैसा रहेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex