२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आजबाट सुरु भयो येँया (इन्द्रजात्रा), भोलि कुमारी रथयात्रा (भिडियो)


प्रकाशित: शनिवार, २ असोज २०७८, १६ः०० बजे
- महानगरखबर

काठमाडौँ । कोराना महामारीका विच गत बर्ष स्थगीत भएको येँया जात्रा शनिवारबाट औपचारिक रुपमा सुरु भएको छ । 

 


बिहान विहान ६ः५१ मिनेटको साईतमा बसन्तपुर काल भैरव अगाडि विधिपूर्वक इन्द्रध्वज (यःसी) ठड््याएपछि यस बर्ष इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको हो । 

 


मानन्धर थरका थकालीले पूजापाठ गरेपछि यँःसी उठाइएको थियो । यसरी ठड्याइएको इन्द्रध्वज लिन गुठीयारहरु भदौ २३ गते विहान १० बजेर ५२ मिनेटको साइतमा बनयात्रा गएका थिए । 


इन्द्रध्वज ठड्याउनु अघि किलागलका ज्यापु समुदायले परम्परागत तान्त्रिक देवी प्रस्तुत गरेका थिए भने गुर्जुको पल्टनले साईतको तोप पड्काएको थियो ।

 

 


भोली कुमारी हुनेछ । रथयात्रा बसन्तपुरको तल्लो टोल र पर्सि माथिल्लो टोलमा रथ यात्रा हुनेछ । ८ गते नानिचा यात्रा हुनेछ । त्यसैदिन राती १० बजेर ५६ मिनेटको साइतमा इन्द्रध्वज पतन हुनेछ । यसपछि जात्रा सकिनेछ । 


आज बेलुका मृतकको आत्माको चीर शान्तिका लागि काँचो माटोको दियोमा बत्ती बालिने परम्परामा आधारित उपाकु पर्व मनाउने चलन छ ।


आजै बेलुका गणेश र भैरवलाई कुमारी घरमा ल्याउने चलन छ । त्यसपछि कुमारी, भैरव र गणेशलाई तलेजु भवानी मन्दिरको मुलद्वारमा लगेर लसकुस गरी भित्र लगेर निम्तो दिने चलन छ । 

 

 


एकादशीका दिन सरकारतर्फबाट गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिने चलन छ ।


यस अवधिमा लाखे, आकाश भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाचहरु र दशअवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन गर्ने चलन छ ।

 


तस्वीर/भिडियोः बिज्जु श्रेष्ठ/महानगरखवर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex