१८ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंमा असोज ४ गतेबाट भेरोसेलको दोस्रो डोज लगाईने


प्रकाशित: शुक्रवार, १ असोज २०७८, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्लामा भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई असोज ४ गते सोमवारबाट दोस्रो डोज लगाईने भएको छ  ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको हो । 


काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।


यसैगरी कीर्तिपुर नगरपालकिामा १० ठाउँमा दोस्रो डोज लगाइदैछ भने चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।


काठमाडौंको नागार्जुन नगरपालिकाको १० ठाउँ, तार्केश्वर नगरपालिकाको ११ ठाउँ, दक्षिणकाली नगरपालिकाको ९ ठाउँ, बुढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ पनि खोप लगाईने भएको छ । 


टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको ९ ठाउँ, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा भेरोसेल दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ ।


खोप केन्द्र तालिका 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD