२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मतयाः पर्वको लागि १० लाख रुपैयाँ सहयोग


प्रकाशित: सोमवार, २८ भाद्र २०७८, १८ः५० बजे
- महानगरखवर

ललितपुर । १६ सय वर्ष पुरानो पर्व मतयाःपर्व  लागि ललितपुर महानगरपालिका– १६ वडाले १० लाख रुपैयाँ प्रदान गरेको छ ।


संस्कृतिमा श्रृंगभेरी जात्रा, नेपाल भाषामा न्यकू जात्रा पनि भनिने यो पर्व व्यवस्थापनका लागि खडा गरिएको अक्षय कोषका लागि सो रकम प्रदान गरिएको हो । 


वडाअध्यक्ष निर्मलरत्न शाक्यले एक कार्यक्रमविच न्यकू जात्रा मतयाः सञ्चालन समितिका अध्यक्ष आशारत्न शाक्यलाई सो रकमको चेक हस्तान्तरण गरे । 


सो अवसरमा वडाअध्यक्ष शाक्यले कला संस्कृतिले नगरको महत्वपूर्ण स्थान ओगटिएको वडालाई सांस्कृतिक वडाको रुपमा विकास गर्ने सोच अनुरुप जनप्रतिनिधि आएदेखि सांस्कृतिक पर्व, जात्रा, मूर्त, अर्मूत संस्कृतिलाई संरक्षण गर्ने कार्यलार्ई उच्च प्राथमिकतामा राख्दै आएको बताए ।


वडाले अमूर्त संस्कृति संरक्षणको र त्यसको निरन्तरताको लागि अक्षयकोष खडा गरी रकम प्रदान गर्दै आउनु संस्कृतिको विकासमा वडाको प्रतिबद्धताको  ज्वलन्त प्रमाण रहेको पनि वडाअध्यक्ष शाक्यको भनाई रहेको छ ।


सो पर्व लिच्छिविकालीन राजा बालार्चन देवको पालादेखि सञ्चालन हुँदै आएको इतिहास रहेको छ । हरेक वर्ष श्रावण शुल्क द्वितीया दिन सञ्चालन हुने सो पर्वमा विशेषतः हजारौ भक्तजनहरु एकाबिहानैदेखि ललितपुरका मुख्य बौद्ध विहार र स्तुप, मठ मन्दिर धर्मधातुको परिक्रममा गर्ने गरिन्छ । 


वाद्यवादनका दृष्टिले पनि महत्वपूर्ण रहेको सो पर्वको सरोफेरोमा धा, दमोखिँ, न्येकू, लगायत नौं प्रकारको परम्परागत बाजागाजा बजाउने गरिन्छ । यो पर्व ललितपुरका १० वटा इलाकाबाट पालैपालो सञ्चालन हुने गर्दछ । व्यवस्थापनको जिम्मा पनि इलाका अनुसार सम्बन्धित क्षेत्रले पालैपालो लिने गर्दछ ।


दुर्लभ बाजा बजाउन युवापुस्तालाई हस्तान्तरण गर्ने, धार्मिक भावना, सांस्कृतिक पहिचानका दृष्टिले महत्वपूर्ण रहेको पर्वको संरक्षणमा वडाले गरेको सहयोगको सराहना गर्दै समितिका अध्यक्ष आशारत्न शाक्यले भन्नुभयो ‘जात्रा, पर्व संरक्षणमा वडाले जिम्मेवार र सराहनीय काम गरेको छ ।’


गुठी संस्थानका प्रमुख प्रशासक किरण शाक्यको समेत उपस्थिति रहेको सो समारोहमा नौ बाजाका गुरु मोतिलाल शिल्पकारले संस्कृतिप्रति सबैले गौरव गरेपनि त्यसको व्यवस्थापनमा प्राथमिकताका साथ सम्बन्धित पक्षले ध्यान नदिएको स्थितिमा वडाको सहयोगले सम्बद्ध पक्षको ध्यान तान्ने पनि विश्वास व्यक्त गरे । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex