काठमाडौं । काठमाडौं जिल्लाको तार्केश्वर नगरपालिका–९ मनमैजुमा १६ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
मनमैजुको शुभकामना चोक नजिक बस्ने उमेश अधिकारीको घरबाट आइतबार नगद ११ लाख, मोटरसाइकल १ थान, सुन ४ तोला, मोवाईल र ल्यापटप गरि करीब १६ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज