१३ भाद्र २०८३, शनिबार
Header

सुनचाँदी व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभा भोली हुने फेनेगोसिडा पत्रकारिता पुरस्कारको घोषणा हुने



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौ वार्षिक साधारणसभा बिविध कार्यक्रमका साथ हुने महासंघले आईतवार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
सो साधारणसभाको उद्घाटन भोली सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम भएको महासंघका प्रवक्ता मनोज कुमार साहले जानकारी दिए ।  
पत्रकार सम्मेलनमा व्यवसायिक समस्या र स्थितीको वारेमा १२ बुद्धे प्रेस वक्तव्यमा स्पष्ट सुनचाँदी नीति नियमको अभावमा व्यवसाय गर्न अप्ठेरो भएको भन्दै राज्यलाई व्यवसायिक वातावरण बनाउन त्यस अवसरमा आग्रह गरिएको छ । 
कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ महासंघका अध्यक्ष मोहन विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य लगायतले जवाफ दिनुभएको थियो । 
अध्यक्ष विश्वकर्माले व्यवसायीक संगठनलाई सक्षम बनाउन रत्न आभूषण महासंघलाई समेत समेटर एउटै महासंघ बनाउने कार्यमा आफु लागि परेको बताउनुभयो ।
यसै बर्षदेखि पत्रकारिताको क्षेत्रमा सुनचाँदी व्यवसायीको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने पत्रकारहरु मध्ये २ जनालाई प्रत्येक बर्ष “फेनेगोसिडा पत्रकारिता पुरस्कार” प्रदान गर्ने शुरुवात सो पत्रकार सम्मेलनमा महासंघका प्रवक्ता साहले जानकारी दिनुभयो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex