६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एमसीसी उपाध्यक्ष फतिमा काठमाडौंमा, एमसीसी प्रश्नोत्तर (पूर्ण पाठ)


प्रकाशित: विहिवार, २४ भाद्र २०७८, १२ः०५ बजे
- महानगरखवर

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार काठमाडौं आईपुगेकी छिन । 


नेपालको चारदिने भ्रमणका लागि आएकी उपाध्यक्ष फतिमाले एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा आएकी हुन । 


अहिले नेपालमा एमसीसी परियोजनाको चर्को विरोधविच पनि फमितमा नेपाल आएपछि एमसीसी झनै चासो र चर्चाको विषय बन्न पुगेको छ ।

 
नेपाल बसाईको क्रममा उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।


उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex